| 01-01-2019

संर्घषबाट खानेपानी खुशीले करेसावारी


श्यामैडाँडा (धादिङ), १६ पुषः  पहिलो पटक रायोको साग बेचेर २० हजार आम्दानी गर्दा कुलबहादुर चेपाङको खुशीको सिमा रहेन । पेटभरी पानी पिउन नपाएका श्यामैडाँडाको चेपाङ्ग गाँउमा तरकारी फलाएर खाने कुलबहादुर र चेपाङ्ग समुदायका अन्यले सोचेका पनि थिएनन् । अहिले आफ्नै बारीको तरकारी बजारसम्म लगेर बेच्दा नगद आम्दानी मात्र नभई स्वास्थ्यमा सुधार हुने आशा पलाएको छ । कुलबहादुर मात्र होइन उनका छिमेकी रेशम चेपाङले पनि रायोको साग रोपेका छन् । गत वैशाखबाट गाँउमा खानेपानी आएपछि गाउँलेहरु आलु, धनीयाँ, लसुन, रायोको सागजस्ता मौसमी तरकारीहरु रोप्न थालेका छन् । गाँउका १५५ चेपाङ्ग घरपरिवारमा हरियाली छाएको छ । केहीले तरकारी बेचेर आम्दानी गर्न शुरु गरेको रेशम चेपाङ्ग बताउँछन् । स्कुल समय अघिपछि पानीको लागि पालो घटौंसम्म बस्ने बालबालिका अहिले गृहकार्य गर्नमा व्यस्त हुन्छन् । नियमित व्यक्तिगत सरसफाई गर्नमा पाउँदा खुशीले गदगद् छन् ।

गाँउमै आएर फियान नेपालले हाम्रो समस्याको वारेमा हामीसंग छलफल गर्दा खाद्य अधिकार पनि हुने रहेछ भन्ने थाहा पायौं । समुदाय संगठित भए अधिकार प्राप्त गर्न सक्ने बुझेपछि आफु पनि श्यामैडाँडा खाद्यअधिकार समुहमा रहेर अधिकार प्राप्त गर्न संर्घष गरेको सम्झदै लालबहादुर चेपाङले भने, “गाँउमा आएको परिवर्तनबाट हामी खुशी छौ । सबैको गाग्रीमा पानी र करेसावारीमा तरकारी फल्थ थालेको छ ।”

पहिले पानी भर्न घणटौं हिडेर पालो कुर्नु पर्थ्यो

“राती एक बजेबाट पधेंरोमा लाइन बसेर पानी ल्याउनु पर्थ्यो । घरमा पानी पुग्नेगरी जम्मा कसरी गर्ने, घरधन्दा, मेलापात कसरी गर्ने भन्ने चिन्ता थियो ।” संगिता चेपाङले गाउँको विगत सम्झिन । २०७१ सालबाट फियान नेपालले हाम्रो समस्याको लागि संगठित हुनु पर्छ भनेपछि श्यामैडाँडा खाद्यअधिकार समुह गठन गर्‍यौं । समुह गठन पछि तालिमबाट खाद्य अधिकारका ’boutमा जान्यौं ।  क्षमता अभिवृद्धिका तालिम र छलफलबाट अधिकार प्राप्त कसरी गर्न सकिन्छ भन्ने सिक्यौं ।” तर दुईचार जनामहिला कराउदैमा गाँउमा पानी आँउदैनन भनेर पुरुषहरुले नपत्याएर उल्ल्याएको संगिताले विर्सेकी छैन ।

“खाद्यअधिकारका लागि वकालत, पैरवी, नेतृत्व विकास सम्वन्धी क्षमता अभिवृद्धिका तालिमहरु फियान नेपालले दिएर हामीलाई सक्षम बनायौ । हामीले सिकेका कुरा व्यवहारमा उतार्‍यौं । हामी तत्कालिन गाविस, जिविससम्म डेलिकेशन गयौ । हाम्रो समस्या बुझ्न माननीय सांसद राजेन्द्र पाण्डे हाम्रो गाँउमा आउनु भयो । हाम्रो कुराहरु विस्तारै सुनुवाई हुन थाल्यो”, श्यामैडाँडा खाद्यअधिकार समुहका सचिव रामहरी चेपाङले बताए ।

श्यामैडाँडा खाद्य अधिकार समुहकी अध्यक्ष विमला चेपाङले भनिन्, “गाँउमा बर्षभरी नै खानेपानीको हाहाकार र आधा वर्ष जसो खाद्यान्न अभाव झेलिरहेका साधरण गाउँलेहरु अधिकारको कुरा कहाँबाट जान्नु ? नयाँ मान्छे देखि पछि बोलिनै रोक्न्थ्यिो । जव तालिमहरु पायौ कुरा बुझ्यौं तब मनोवल बढ्न थाल्यो । गाँउमा पत्रकारहरु आए हाम्रा कुराहरु सुने, विस्तारै बोल्ने बानीको विकास भयो । हामी तत्कालिन जिविसमा खानेपानी माग्दै डेलिगेशन गएका थियौ, त्यो कुरा पत्रपत्रिकामा आएछ । पत्रपत्रिकामा देखेपछि ओम साई संगठनका प्रतिनिधिहरु हामीलाई भेट गर्न आउनु भयो । हेर्नु भयो र खानेपानी ल्याउन सहयोग गर्नुभयो । गाँउमा खानेपानी ल्यायौ । गाँउका सवै जना मिलेर खानेपानी निर्माण गर्न श्रमदान पनि गर्‍यौं । अहिले गाँउका सवै परिवारले घर आँगनमै पर्याप्त पानी पाएकाछन् । अब खानेपानीका धाराहरु बनाउन बाँकी छ । पानीको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने ’bout छलफल गर्दै छौं ।” गाँउमा नियमित रुपमा पानी ल्याउन सके सवै परिवारको वारीमा हरियो तरकारी हुने र कुपोषण अन्त्य हुनुका साथै तरकारी किन्नु नपर्ने बरु आम्दानी हुने चेपाङहरुको भनाई छ ।

श्यामैडाँडा खाद्य अकिार समुहको सदस्यहरु संग छलफल गर्दै जिल्ला समन्वय समिति सदस्य सावित्रा सुनारले पानीको अधिकतम उपयोग गरी हरियाली बढाउदै कुपोषण घटाउन लाग्न सुझाव दिइन । समुदायमा आएको अधिकारमुखी जागरणले समाज रुपमन्तरणमा सहयोग पुग्ने बताउदै संघर्ष गरेर अधिकारका रुपमा प्राप्त गरेको पानी सदुपयोग गर्न जिल्ला समन्वय समिति सदस्य उर्मिला रेग्मीले सुझावदिइन । श्यामैडाँडा खाद्यअधिकार समुहको अनुगमन गर्न पुगेका गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले समुदायको क्षमता विकास गर्न फियान नेपालले महत्वपुर्ण भूमिका निर्वाह गरेकोे र समुदाय सक्षम भई अधिकार प्राप्त गर्न गरेको सर्घषकोे प्रशंसा गर्दै गाँउसम्म खानेपानी ल्याउन सहयोग गर्ने ओम साई संगठन नेपाललाई धन्याद दिए । संगठनसंग आर्थिक श्रोत नभए वाँकी काम स्थानीय सरकारले पुरा गर्ने बताउदै एक घर एक धारो निमार्ण गाँउपालिकाको कार्यक्रम रहेको अध्यक्ष बस्नेतले बताए ।

श्यामैडाँडाको ’boutमा यो पनि पढ्नुहोस

Chepang Community one step nearer to access drinking water

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal