विगतमा जस्तै यो वर्ष पनि नेपालका मुख्य बालिका रुपमा रहेका धान खेति लगाउन समयमा रसायनिक मलको चरम अभावका कारणले देशभरका किसानहरु ग्रसित भई आवस्यक मल पाउनबाट बञ्चित भैरहेको सन्दर्भमा फियान नेपाल, खाद्य अधिकारको लागि राष्ट्रिय सञ्जाल नेपाल, अखिल नेपाल किसान महासंघ र राष्ट्रिय कृषक समुह महासंघले निम्नानुसार संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ ।
मुलुकका राष्ट्रिय अर्थतन्त्रमा आज पनि २७ प्रतिसत योगदान गर्ने र कुल जनसंख्याको ६६ प्रतिशत जनताका जीविकोपार्जनसँग जोडिएको कृषि क्षेत्र सदैव अपहेलित र विभिन्न समस्याबाट ग्रस्त छ । पेशागत सुरक्षासँग गाँसिएका कृषिका लागि आवश्यक आधारभूत बस्तुहरु जस्तैः मल, बिउ–बिजन, औजार, सिँचाई, बिमा, उत्पादनका मूल्य र बजारका उचित ब्यवस्थापन हो । यिनै आधारभूत बस्तुको सहज आपूर्तिले उत्पादनको मात्रा निर्धारण गर्दछ ।
विगतका जस्तै यो वर्ष पनि नेपालका मुख्य बालिका रुपमा रहेका धान खेति लगाउन समयमा रसायनीक मलको चरम अभावका कारणले देशभरका किसानहरु ग्रसित बन्न पुगे । सरकारका झुटो आश्वासनमा मल पर्खिरहेका किसानहरुले आज पनि आफुलाई आवस्यक मल पाउनबाट बञ्चित भैरहेका छन् । सीमित श्रोत र साधनका बाबजुद कृषि कर्मलाइ निरन्तरता दिनु आम किसान वर्गको बाध्यात्मक परिस्थिति रहिरहेको छ । नेपाल सरकारले मलको सहज आपूर्तिका लागि यो आर्थिक वर्षका लागि रु. ११ अर्व बजेट विजियोजन गरेका देखिन्छ । मल खरिदका लागि वार्षिक रुपमा बजेटको बढोत्तरी हुँदै जानु तर कृषकका समस्या ज्यूँका त्यूँ रहनाले मल खरिद तथा आपूर्ति प्रकृया या व्यवस्थापकीय कुशलतामा प्रश्न चिन्ह खडा भएको छ । धान रोपार्इँका शरुवाती देखि नै मलको उच्च माग थियो, हाल धानमा बाला देखिने समय व्यतित हुन लाग्दा पनि मल आपूर्ति हुन सकेन । सरकारले मल आपूर्तिका लागि दिँदै आएका आश्वासनहरु पुरा हुन नसकेका कारण विद्यमान महामारीका बाबजुद किसानहरु सडकमा आउन बाध्य भएका छन् ।
धान तथा अन्य बालीका लागि आवश्यक पर्ने मलका उचित आपूर्ति र भण्डारण गर्न राज्यका स्वभाविक दायित्व हो । मल तथा कृषि सामग्री आपूर्ति तथा भण्डारणका लागि खरिद गर्न ठेक्का पाएका ब्यक्ति तथा निकायहरु कृषि सामाग्री कम्पनि, साल्टट्रेडिङ कम्पनिहरु नै कोभिड १९ का कारण देखाउँदै मल आयात गर्ने कार्यमा निष्कृय रहनु र मुलुकमा मल अभाव भइरहनु कृषिक्षेत्र र किसान माथिको अन्याय हो । मुलुक एकातिर कोभिड १९ का कारण तत्काल संकटग्रस्त छ भने अर्कोतिर कृषि उत्पादनमा कमि आएका कारण खाद्य संकट आउने सम्भावन प्रवल रहन सक्छ । राज्यका तर्फबाट आगामी वर्ष उत्पादन दोब्बर बनाउने उत्साहप्रद घोषणा सफल नहुन
सक्ने सम्भावना रहन्छ । कृषि क्षेत्रमा देखिएका या समस्या समाधान गर्न हामी कृषकका अधिकार तथा खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरु सरोकारवालाहरु समक्ष निम्न अनुसार ध्यानाकर्षण गर्दछौँ ।
© Copyright 2008 - 2026 FIAN Nepal