UNDROP अध्ययन को निष्कर्श सेयरिङ तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

Share:

फियान नेपाल (FIAN Nepal)तथा सामाजिक सेवा अध्ययन केन्द्र (Social Work Institute – SWI) ले संयुक्त रुपमा सम्पन्न गरेको किसान तथा ग्रामिण श्रमिकको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (United Nations Declaration on the Rights of Peasants and Other People Working in Rural Areas) र नेपालमा उक्त घोषणापत्र कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययनको निश्कर्ष सम्बन्धित सरोकारवालाहरुमा जानकारी गराउने उद्देश्यका साथ छलफल कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा संघको कृषि तथा प्राकृतिक श्रोत समितिका माननीय सदस्य, राष्ट्रिय किसान आयोगका माननीय सदस्य, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, किसान संघ संसथाका प्रतिनिधी तथा विभिन्न गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । फियान नेपालको अध्यक्ष गोकर्ण रुपाखेतीले अध्यक्षता गनुभएको उक्त कार्यक्रममा अधिवक्ता मोहन आचार्यले अध्ययनको निश्कर्ष शेयर गर्नुभएको थियो

Related Posts