| 17-03-2020

खाद्य अधिकार प्रवर्द्धनका लागि अन्तरक्रिया


धादिङको धुनिवेशी नगरपालिकामा खाद्यअधिकार प्रवर्द्धनका लागी स्थानीय सरकार र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । धुनिवेशी नगरपालिकाको समन्वय र फियान नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा संस्थागत परिचय, खाद्य सुरुक्षा सँग सम्बन्धित अवधारणागत जानकारी र राज्यका दायित्वहरु, खाद्यअधिकार सम्बन्धी बिद्यमान कानुनी प्रावधानहरु र स्थानीय सरकारको भूमिका, कृषि विकाश रणनिती, दिगो विकाशका लक्ष्य, गरिवी भोकमरी कुपोषणको अन्त्यको लागि स्थानीय तहमा खाद्य तथा पोषण सुरक्षा योजना निर्माण लगायत विभिन्न विषयमा छलफल गरिएको थियो ।

दीगो विकास लक्ष्य र दीगो कृषि विकास रणनीति वारेमा साझा बुझाई निमार्ण गर्ने जस्ता मुख्य उद्देश्यहरु रहेको कार्यक्रम धुनीवेशी नगरपालिकाका को आर्थिक र फियान नेपालको प्राविधिक साझेदारीमा खाद्य तथा पोषण सुरक्षा योजना तर्जुमा कार्ययोजना सहित संचालान हुने छ । कार्यक्रममा बोल्दै नगर प्रमुख बालकृष्ण आचार्यले धुनिबेशी नगरपालिका लाइ सम्बृद्ध बनाउन को लागीर खाद्यअधिकार प्रवद्धनका लागि साबि नगर वासी मिलेर काम गर्नुपर्ने कृषि कार्य गर्न धुनिबेशी उर्वरा भुमि भएकोले यक्दम लागि परेर तरकारी वा अन्न पात उत्पादन गर्नुपर्ने र कृषि क्षेत्र को लागि नगरबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

सोमबार नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद सिग्देल, फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंह, तिलक अधिकारी, कृषि ज्ञानकेन्द्रका प्रमुख होमराज विष्ट, फियान नेपालका सचिव गोकर्ण रुपाखेती, विभिन्न वडाका वडाध्यक्षहरु, वडा सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

श्रोतः https://www.krishiradio.org.np/news/111

Latest News




© Copyright 2008 - 2025 FIAN Nepal