| 06-08-2024

चेपाङ महिला कृषक शसक्त हुँदै


राक्सिराङ गाउँपालिका वडा नं. ५ का १२८ घरधुरी चेपाङ महिला तथा उनिहरूको परिवार साना कृषक हुन । परम्परागत खोरिया खेती तथा निर्वाहमुखि खेति गर्दै आईरहेका उनिहरू विभिन्न समस्या जस्तै कृषिमा रोग किराको प्रकोप, बाढि\पहिरो, चट्यांङ, खानेपानी समस्या, आधुनिक कृषि प्रविधि र ज्ञानको अवाव आदि भोग्दै आएका थिए । समस्या बग्रेल्ति भएता पनी उनीहरूको समस्या समाधान भएको थिएन । कृषि बालिमा भएको क्षति र नोक्सानिको कुनै क्षतिपर्ति पाएका थिएनन् । फियान नेपालको सहजिकरणले खाध्य अधिकार सम्बन्धि चेतना बृध्दि भई समुदाय खाद्य अधिकारको सबाल उठान गर्न शसक्त भएका छन् । आफ्नो सवाललाई सम्बन्धित निकायमा राख्न सक्ने र खाद्य अधिकार सम्बोधन गर्न सम्बन्धित सरकार र सरोकारवालालाई जिम्मेवार बनाउन सक्ने भएका छन । कृषक समुह गठन गरी कृषि र पशुपालन सम्बन्धी श्रोतमा पहुँच पुर्याउन सफल भएका छन, खानेपानीको परियोजना सम्पन्न भएको छ र बस्तिलाई सम्भावित बाढि\पहिरोबाट जोगाउन नजिकको जिर्खी खोलामा स्थायी तटबन्ध निर्माण गरेका छन् ।

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal