फियान नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, राष्ट्रिय खाद्य अधिकार संजाल, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपाल, जुरी नेपाल लगायतका नागरिक समाज संघसंस्थाको प्रतिनिधी मण्डलले २०८० वैशाख १३ गतेका दिन कृषि तथा पशुपन्छी विकास मन्त्री मान्नीय डा. बेद राम भुसाल समक्ष संयुक्त रुपमा डेलिगेसन सम्पन्न गरेको छ ।
फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ निर्माण भएको ४ बर्ष विति सक्यो तर नियमावलीको अभावमा संघिय, प्रदेश तथा स्थानिय तहमा ऐन कार्यान्वयन गर्ने संयन्त्र नहुँदा मन्त्रालयले तत्काल नियमावली निर्माण गरी नागरिकको खाद्य सम्बन्धी मौलिक हकको सुनिश्चित गर्नुपर्ने भनाई राख्नु भएको थियो ।
ज्ञापनपत्र बुझ्दै माननिय मन्त्रीले नागरिक समाजसंस्थाले उठाएको सवाललाई गम्भिर रुपमा लिएको र संघिय नियमावली निर्माणका लागि कदम चाल्ने प्रतिवद्धता जनाउनु भएको थियो ।