| 16-08-2018

सामाजिक न्यायका लागि दर्नाल अवार्डबाट दिलिप गन्धर्व सम्मानित


दलितहरुको हकहित र सम्मानको लागि उच्च योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई प्रत्येक दुई बर्षमा सुवास दर्नालको नाममा स्थापित सामाजिक न्यायका लागि अन्तराष्ट्रिय अवार्ड प्रदान गरिंदै आएको छ । यस बर्ष अन्य व्यक्तिहरुका साथै गन्धर्व  समुदायको जग्गा प्राप्तिको अभियानमा महत्वपुर्ण नेतृत्व गर्नु भएका दिलिप गन्धर्वले पनि प्राप्त गर्नु भएको छ । उक्त अवार्ड साउन ३० गते सम्पन्न एक कार्यक्रमका बीच सँस्कृतीविद् श्री सत्यमोहन जोशीले दिलिप गन्धर्वलाई हस्तान्तरण गर्नु भयो ।

दिलिप गन्धर्वले फियान नेपाल तथा अन्य संघसंस्थाको सहयोगमा आफ्नो समुदायको जग्गा प्राप्तीको अनियानमा नेतृत्वदायी भूमिका निभाउनु भएको थियो । जसको फलस्वरुप बर्दिया जिल्लाका ४७ घरधुरी गन्धर्व समुदायले आफ्नै स्वामित्वको जग्गामा जनता आवास कार्यक्रमको सहयोगमा पक्की घर पनि प्राप्त गरी सम्मानित र स्तरीय जीवनयापन गरिरहेका छन् । आयोजकका अनुसार दिलिप गन्धर्वको उच्च मनोबल, समुदाय प्रतिको अथक प्रयास, संघर्ष र सफलता नै अवार्डको प्राप्तिको लागि मुख्य कारण हो । अवार्ड कार्यक्रम पश्चातको छलफलमा वहाँले आफुले भोगेका सामाजिक विभेद नै सामाजिक न्यायका लागि संघर्ष गर्ने आत्मबल बढेको बताउनु हुन्छ । यस अवार्डले अझ जिम्मेवारी बोध गराएको र समुदायको र सारङी पेशाको सम्मानको लागि अझ निरन्तर संघर्षको लागि हौसमा बढाएको बताउनु हुन्छ ।

दिलिप गन्धर्व समुदाय स्तरीय खाद्य अधिकार प्रवर्धक पनि हुनुहुन्छ र फियान नेपालसँग लामो समयदखि आबद्ध हुनुहुन्छ । वहाँले प्राप्त गर्नु भएको सम्मान प्रति फियान नेपाल हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछ ।

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal