| 18-12-2019

स्थानीय सरकारको सहजीकरणमा समुदायको डेलिगेशन शहरी विकास मन्त्रालयमा


फियान नेपाल विगत २ वर्षदेखि दक्षिणकाली नगरपालिका वडा नं. ८ चोवु छैमलेका स्वच्छ खानेपानी समस्याबाट प्रभावावित समूदायलाई सहजिकरण गर्दै आएको छ । संस्थाले खानेपानीसँग सम्बन्धित सवाललाई खाद्य अधिकारसँग जोडेर दस्तावेजीकरण गर्ने र कानूनी विष्लेशषण गर्ने कार्य सम्पन्न गरिसकेको छ । संस्थाले सम्बन्धित निकायलाई जिम्मेवार बनाई समुदायको सवाल सम्बोधन गर्न समूदायकै अगुवाईमा सवालगत सम्बाद, वकालत÷पैरवी तथा विभिन्न गतिविधिहरू सम्पन्न गर्दै आएको छ । यसै सिलसिलामा मिति २०७६ मंसिर १८ गते दक्षिणकाली नगरपालिका वडा नं. ८ का स्वच्छ खानेपानी प्रभावित समुदायका सदस्यहरुले शहरी विकास राज्यमन्त्री माननीय श्री बालगोपाल महर्जनलाई उहाँकै कार्यकक्षमा भेटी खानेपानी लगायत समूदायले भोग्नु परेको अन्य सवाल र समस्याहरु’bout छलफल गरेका छन् ।

छलफलमा समुदायले भुकम्प पश्चात खानेपानीको चरम अभाव भोग्नु परेको, बाटोको कारण उत्पन्न धुलोले वातावरण प्रदुषण भएको, काठमाण्डौ जिल्लाको नागरिक भएर पनि शहरी विकासको न्यूनतम अनुभव समेत गर्न नपाएको, पर्यटन विकासको पर्याप्त सम्भावना भएता पनि त्यसतर्फ सरकारको ध्यान नगएको आदि समस्याहरु राज्यमन्त्री समक्ष राखेका थिए । उक्त छलफल कार्यक्रमको नेतृत्व समुदायको तर्फबाट दक्षिणकाली नगरपालिका वडा नं. ८ को जननिर्वाचित वडा अध्यक्ष राजकुमार लामा र महिला सदस्य शारदा आचार्यले गर्नुभएको थियो ।

समुदायको समस्या सुनेपछि राज्यमन्त्री महर्जनले सबै सवालहरु शहरी विकास मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने बताउनु भयो । समुदायको हितको लागि अल्पकालीन र दीर्घकालीन रुपमा सरकारले गर्नु पर्ने कार्य, आवश्यक बजेट सहित स्पष्ट योजना २०७६ को फागुन मसान्त भित्रमा मन्त्रालयमा आएमा आगामी आर्थिक वर्षमा मन्त्रालयको योजनामा समावेश गर्न सकिने जानकारी दिनुभयो । “महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन उद्यमी महिला दिदि बहिनिहरुको लागि समेत के कस्तो योजनाहरु उपयुक्त हुन्छ सो सहित विस्तृत प्रस्तावना पेश गर्नुहोला । म तपाईहरुलाई सहयोग गर्न सँधै तयार छु, रहने छु”, वहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal