फियान नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, FECOFUN, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपाल र राष्ट्रिय खाद्य अधिकार संजालले अर्थ मन्त्री माननीय विष्णुप्रसाद पौडेल समक्ष संयुक्त रुपमा डेलिगेसन सम्पन्न गरी ज्ञापनपत्र पेश गरिएको थियो ।
ज्ञापनपत्रमा किसानका पिडा, माग सम्बोधन गरी प्रभावित किसानलाई उचित क्षतिपूर्ति तत्काल दिईयोस, वर्षेनीको रसायनीक मल अभाव र यसको दिगो समाधानको लागि समयमै पर्याप्त बजेट विनियोजन गरियोस, राष्ट्र बैंकको मौद्रीक नीतिले व्यवस्था गरे बमोजिम बाणिज्य बैंकहरुले अनिवार्य रुपमा १५% लगानी कृषि क्षेत्रमा गर्नुपर्ने गरी गरेको प्रावधान साना किसान समक्ष नपुगेकोले नीतिगत व्यवस्था गरी उक्त प्रावधानमा साना किसानको पहुँचको सुनिश्चितता गरियोस, किसान सुचिकरणको नाममा भएको खर्च कटौती गरी स्थानिय सरकार मार्फत वास्तविक किसानको पहिचान, वर्गिकरण र परिचयपत्र वितरण र त्यसमा आधारित सेवा सुविधाको उपलब्ध गराउने व्यवस्था तथा अन्य माग ज्ञापनपत्र पेश गरिएको थियो ।