“आर्थिक तथा सामाजिक समानताः भोकमरीमुक्त गजुरी गाउँपालिका” रणनैतिक योजना निर्माण सम्पन्न

Share:

गजुरी (धादिङ), २९ असारः आर्थिक तथा सामाजिक समानता, भोकमरीमुक्त गजुरी गाउँपालिकाको अवधारणालाई मूर्तरूप दिन र गजुरी नागरिकको पहिलो अधिकार गाँस, वास, कपासलाई सवलीभुत बनाउन देशमै पहिलो पटक खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना तयार गरेको छ । नेपालको संविधानले प्रदत्त गरेका मौलिक हक खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य सम्प्रभुतालाई संस्थागत गर्न र गजुरी गाँउपालिकाका नागरिकहरु खाद्य अधिकार सुनिश्चित गर्न यो योजनाले महत्वपूर्ण योगदान गर्ने बताउदै कार्यान्वयनमा जोड दिन माननीय त्रिपाठीले योजना पुस्तिका विमोचन कार्यमा शुभकामना दिनु भयो । “अब सबै तह र वर्गको आर्थिक सम्वृद्धि अनिर्वाय छ । विपन्न वर्गलाई लक्षित गरी उत्पादन अनुसार कार्यक्रमले समेट्दै सबैलाई उत्पादनसंग जोड्न गजुरी गाँउपालिकालाई सफलता मिल्योस”, भूमि व्यवस्था, कृषि तथा सहकारी र वन तथा वातावराण संसदीय समितिका सदस्य समेत रहनु भएका त्रिपाठीले आफ्नो समितिको तर्फबाट आवश्यक सहयोग जुटाउन पहल गर्ने बताउनु भयो ।

नागरिकरुको खाद्य अधिकार सुनिश्चित गर्नु राज्यको वा सरकारको दायित्व हो र त्यो दायित्व पुरा गर्न गजुरी गाँउपालिकाले नेपालमै पहिलो पटक खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना बनाएको छ । योजना बनाउन फियान नेपाललाई सझेदारी गर्ने अवसर दिनु भएकोमा गाँउपालिकालाई धन्यवाद दिदैं कार्यान्वयनमा प्राविधिक सहयोग गर्ने फियान नेपालका सचिव गोकर्ण रुपाखेतीले प्रतिवद्धता जनाउनुको साथै नागरिकलाई सुसुचित गराउने बताए ।

खाद्य  तथा पोषण सुरक्षा रणनैतिक योजना निमार्ण सम्पन्न र विमोचन महत्वपूर्ण काम हो तर यतिले मात्र खाद्य सुरक्षा हुदैन । खाद्य सुरक्षा हुनका लागि योजनाले मार्गदर्शन गरेका काम गर्नु पर्छ । अवसर र सम्भावनाका वरीपरी रहेर योजना निमार्ण गरिएको छ । योजनाको सफल कार्यान्वयनले गजुरी गाँउपालिकाको सम्वृद्धि छिटै ल्याउने छ । आवश्यकता अनुसार योजना परिर्वाजर्न गर्न सकिन्छ । खाद्यन्न  अभाव भएका परिवार देखि खाद्यन्न पर्याप्त भएका समुदायलाई लक्षित गरि योजना निमार्ण गरिएको योजना निमार्णमा प्रत्यक्ष संलंक रहेका कृषि विज्ञ लुमनाथ अधिकारीले बताउनु भयो ।

”भोकालाई माछा होइन, माछा मार्ने सीप दिनु पर्छ भन्ने नीति अनुसार अब गजुरी गाँउपालिकामा कामको शूरुवात भएको बताउदैं सवै परिवारको तथ्यांक अद्यावधि गरिसकेका छौ । अव ती परिवारको रुची अनुसारको पेशाव्यावसाय गर्न उत्प्रृेरित गर्दै स्वरोजगार गजुरी गाँउपालिका भित्रका नागरिकहरु आवश्यकता अनुसारको काम प्रोत्साहन गरिने छ”, गाँउपालिका उपाध्यक्ष सीता ढुंगानाले बताउनु भयो । खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना विमोचन कार्यक्रमका अध्यक्ष समेत रहनुभएका गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले योजना निमार्णमा प्राविधिक साझेदार फियान नेपाललाई धन्यवाद दिदै योजना कार्यान्वयनमा गाँउपालिका लक्षित गैरसरकारी संस्थाहरुलाई योजनाले मार्गदर्शन गरे अनुसारका काम गर्न आग्रह गर्नुभयो । आफ्नो कार्यकालमै गजुरी गाँउपालिकालाई भोकमुक्त बनाउने योजना ल्याउन सफल भएको बताउर्दै एक घर एक धारो, टोलटोलमा सडक, वडावडामा स्वास्थ्य इकाई, कृषि क्षेत्रमा प्रशस्त योजना सहित तरकारी संकलन केन्द्र निमार्ण भईरहेको बताउनु भयो ।

खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको फियान नेपालको प्राविधिक सहयोगमा गजुरी गाँउपालिकाले आर्थिक बर्ष २०७५/०७६ देखि २०७९/०८० का लागि पञ्चवर्षीय खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना निमार्ण गरेको छ ।

Related Posts