| 22-11-2017

परम्परागत व्यवसाय प्रबर्धन गर्दै थारुकुमाल


प्रदर्शनीमा उत्पादन अवलोकन र खरीद गर्दै आगन्तुकहरु

दाङका थारुकुमाल समुदायले १३ औं हस्तकला प्रदर्शनीमा भाग लिए जुन १७ देखि २१ नवेम्बर २०१७ मा काठमाण्डौंमा सम्पन्न भएको थियो । समुदायले दाङ देखि काठमाण्डौं आएर आफ्नो परम्परागत व्यवसाय माटोको भाँडाहरुको प्रर्वधन गरेको थिए । यस ५ दिनको प्रदर्शनीमा समुदायले माटाका सुन्दर हस्तशिल्पहरु प्रदर्शन र बिक्री पनि गरेको थियो । यो प्रदर्शनी उनीहरुका लागि माटोको भाडा बिक्री गर्ने मात्र नभई आफ्नो परम्परागत व्यवसायको प्रर्वधन तथा जनमानसमा उजागर गर्ने मंच पनि बन्यो ।

फियान नेपालले यस समुदायको क्षमता विकास गर्न र अन्य सहयोगी संस्थाहरुसंग सम्बन्ध स्थापना गर्न मद्दत गरेको छ । समुदायले गरीबी निवारण कोषबाट शिप विकास प्रशिक्षण प्राप्त गरी प्रदर्शनीमा उनीहरुको सहभागिताका लागि पनि सहयोग गरेको थियो । समुदायको एक सदस्य दामु थारुकुमाल भन्नुहुन्छ, “फियान नेपालले हामिलाई संगठित गर्न र अन्य गैर सरकारी संस्थाहरुसंग सम्बन्ध स्थापित गर्न मद्दत गर्‌यो । फियान नेपालकै कारण हामीले गरिबी निवारण कोषबाट शीप बिकास तालिम पाउन सफल भएका छौं । गत वर्ष फियान नेपाल द्वारा सहयोगमा भक्तपुरको भ्रमणले हामीलाई नयाँ प्रविधि, बजार, बजारीकरण कौशल र नीतिहरु थहा पाउन मद्दत मिल्यो । अब हामी अनलाइन र सामाजिक संजाल मार्फत पनि माटाका भाडाहरुको माग प्राप्त गर्दैछौं । अब हामी अन्य श्रोतहरु खोज्न सक्षम भएका छौं ।”

दाङका थारुकुमाल समुदाय भूमिहिन समुदाय हो र उनीहरुको मुख्य माग भूमि अधिकार हो । सुकुम्वासि आयोग विधटन हुँदा गाविसले सिफारीस गर्दा पनि लालपूर्जा पाएका छैनन् । अन्य मागहरुमा व्यवसाय संरक्षण र प्रर्वधन, आय आर्जन, वैकल्पिक जीविकोपार्जन आदि समुदायले विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुबाट क्रमिक रुपमा प्राप्त गर्दै छन् । सरकार र गैर सरकारी संस्थाहरुको सहयोगबाट उत्पादन बढेको, शहरी क्षेत्र र अन्य जिल्लाका थोक व्यापारीहरुले सम्पर्क गरी प्रत्यक्ष रुपमा आफ्नो उत्पादन बेच्न पाउँदा थारुकुमाल ज्यादै हर्षित छन् ।

Latest News




© Copyright 2008 - 2025 FIAN Nepal