घटना दस्तावेजीकरण तथा सवाल सम्बोधन कार्य


फियान नेपालको मुख्य काम मध्ये एक स्थानीय स्तरमा खाद्य अधिकार हनन् भएका  सवालमा अधारित रहि सवाल सम्बोधन गर्ने हो । यस अन्तरगत सवाल दस्तावेजीकरण र सवाल सम्बोधन कार्य पर्दछ । यसले सिमान्तकृत र जोखिममा परेका समुदायहरुको खाद्य अधिकार उल्लङ्घनका सवाल उठ्ठान गर्ने र सहजिकरण गर्ने काम गर्छ । फियान नेपालले स्थानीय संघर्ष समुदाय÷व्यक्तिले अनुरोध गरेको बेलामा र मिडियाले पनि रिपोर्ट गरिरहेका खाद्य अधिकारका सवालहरु पनि उठान गर्छ ।

सवाल दस्ताबेजीकरण खाध अधिकार हनन्का विषय सार्वजनिक गर्ने एक साधन वा प्रक्रिया । यस अन्तरगत स्थानीय संधर्ष समूह÷व्यक्तिहरु संग सम्पर्क, समुन्वय विस्तार गरी खाद्य अधिकार संबन्धी अभिमुखिकरण, तथ्याङक संकलन, स्रोतको पहिचान र प्रारम्भीक चरणमा खाद्य अधिकार उल्लङ्घन भएको अवस्थाको थोस विश्लेषण गर्दछ । यस प्रक्रियाबाट कमजोर समुदायहरु खाद्य अधिकार ’bout अप्रत्यक्ष रुपमा सचेतीकरण र सशक्त हुन्छन् । प्रभावित समुदायहरु फेरी खाद्य अधिकार’bout खोजनिती गर्छन्, व्यवस्थित हुन्छन् र  खाद्य अधिकार हनन्का सवालमा आफै कम गर्न सुरु गर्न थाल्छन् । (जस्तैः स्थानीय स्तरमा सरोकारवाला निकायहरु संग छलफल र माग राख्ने)

प्रभावित समुदायहरुको क्षमता बिकास र नागरीक समाज संग समन्वय र सहकार्यले  खाद्य अधिकारको लागी संधर्ष गर्न थप सहयोग पुर्‍याएको छ । प्रभावित समुदाय आफै व्यवस्थित हुने र सरकारी स्रोतहरुको पहुँचका लागी सम्बन्ध वितार र वकालत गर्ने ।

सवाल सम्बोधन कार्यविधी विविध प्रक्रियाहरु सँग स्पष्ट हुँदैछ । उदाहरणका लागि सवाल पहिचान, छनोट, दस्तावेजीकरण, खाद्य अधिकार हनन्को कानुनी विश्लेषण, रणनीतिक कार्यान्वयन लगायत प्रभावीत समुदायको क्षमता विकास, नेतृत्व विकास, खाद्य अधिकारको लागी न्ययको खोजी, नियमित प्रगती जानकारी, र पुनःरणनीति बनाउने । यस प्रकृयाबाट खाद्य अधिकार हनन्का मुद्दाहरु सार्वजनिक हुन्छन् । समुदायहरु खाद्य अधिकार’bout जान्न उत्सुक हनेछन् र खाद्य अधिकार हनन्लाई सम्बोधन गर्न वकालत गर्छन् । प्रभावित समुदायको नेतृत्व विकास पछि फियान नेपालको रणनीति अनुसार बहिरगमन हुनुपर्छ । साथै प्रभावित समुदायको संजाल, स्थानिय नागरीक समाज र खाद्य अधिकार संजालको सहयोगमा सरकारी निकायबाट सेवा सुविधामा पहुँच बढाई, विकाशको लागी बजेट बिनियोजन गर्न सकिन्छ । यसमा स्थानीय स्तरका खाद्य अधिकार प्रर्वधक (संस्था) को सहयोग र जिल्ला स्तर नीति कार्यान्वयन प्रक्रियाहरुको लागि सरोकारवाला निकाय संग राम्रो सम्बन्ध स्थापित गर्न आवश्यक छ । नेपालमा पुर्वाधार भूमिका सवालहमा खाद्य अधिकारकोको विभिन्न आयामहरुको उल्लङ्घनको अनुसन्धान र दस्तावेजीकरण गर्नु जरुरी छ र मानव अधिकार द्धारा प्रदान गरिएको उपकरणहरुको पूर्ण दायरा प्रयोग गरी प्रभावीत समुदायको अधिकारको रक्षा गर्न आवश्यक छ ।

निम्न उल्लेखित विषयगत क्षेत्रहरु खाद्य अधिकार हनन्का सवाल दस्तावेजीकरणमा ध्यान केन्द्रित छन्ः

१.    आदिवासि जनजाती, महिला र दलित जस्ता सिमान्तकृत समुदायको खाद्य अधिकार प्राकृतिक स्रोतहरुको पहुँचमा ध्यान केन्द्रित गर्दै

  • खाद्य अधिकार, भूमि र वनका मुद्दाहरुः  भूमि विहिन, साना किसान, भूमि खोसिएका, समुदायिक वन, संरक्षित क्षेत्रहरु
  • खाद्य अधिकार र पानीका मुद्दाहरु (पिउने पानी, सिंचाई, बाँध/बाढी, नदी कब्जा गरी व्यक्तिगत लाभको लागि प्रयोग गरी खाद्य अधिकार हनन् भएको

२.    उत्पादक स्रोतहरु र साधनहरुमा पहुँचः कृषि क्षेत्र  ध्यान केन्द्रित गर्ने बीउ, साना सिंचाई, उर्वरक, असफल बिउ, मुआब्जा आदि

  • सरकारी सेवामा पहुँच

३.    रोजगारको अधिकार दृष्टिकोण र श्रम स्रोतको रुपमा अनौपचारीक क्षेत्रमा खाद्य अधिकार हनन् भएका सवाल

४. जोखिम तथा सिमान्तकृत समुदाय, मुख्य गरी एचआईवी÷एड्स प्रभावीत समुदायको खाद्य सुरक्षा र पोषणको सवाल

५.    पर्याप्त खाना सँग सम्बन्धित मुद्दाः  मुख्य रुपमा खाद्य र पोषण

६.    समान वितरण र पहँुच सम्बन्धी खाद्य सहायताका केही मुद्दाहरु

यस सवाल सम्बोधन कार्यमा लिङ्ग र इतरदेशिय सवाल (उपयूक्त रुपमा) प्रतिबिंबित गरिनेछ ।

  • सवालहरुको सूची दस्तावेज
  • सवाल सम्बोधन कार्यको सूची र अद्यावधिक

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal