| 04-04-2018

प्रधानमन्त्रीको भारत भ्रमणमा खाद्य अधिकारका सवाललाई प्राथमिकता दिनु पर्ने

विभिन्न अध्ययनहरुका अनुसार भारतसित सीम जोडिएका तराईका जिल्लाहरुमा खाद्य अधिकार हननका सवालहरु देखिने गरेको छ । कतै बाँध/तटबन्धका कारण, कतै सीमा सुरक्षा सडकका कारण तथा कतै निकुन्ज/आरक्षका कारण तराईका लाखौं मानिस बर्सेनि  डुबान, कटान, पटान समस्याबाट घरबारविहीन अवस्थामा पुगेका छन् । विकल्पविहीन अवस्थामा आफ्नो थातथलोबाट समेत विस्थापन हुन बाध्य भएको र परिणाम स्वरुप गाँस, बास, कपास र जिविकोपार्जन अत्यन्तै कष्टकर र जोखिमपूर्ण बन्दै गएको पीडितको गुनासो छ।

यी सबै संरचनाहरु भारतले दशगजामै निर्माण गरेको हो र पूर्व मेचीदेखि पश्चिम माहाकालीसम्म यस्ता संरचनाहरु निर्माणको कामहरु भइरहेको छ जसले सीमामा बसोबस गर्ने नेपाली जनताको जीविकोपार्जनमा असर पुर्‍याई उनीहरुको खाद्य अधिकार हनन् भइरहेको छ । फियान नेपालले यस्ता सवालहरुको दस्तावेजीकरण गरी प्रभावित जनतालाई संगठित गर्ने कार्य गर्दै आएको छ ।

समुदायका तर्फबाट माननीय सांसद रामलखन हरिजनले परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली मार्फत ज्ञापन पत्र बुझाउनु भएको थियो ।

दोश्रो पटक प्रधानमन्त्री हुनु भएका केपी शर्मा ओली चैत २३ देखि २५ गतेसम्म भारत भ्रमणको तयारीमा रहेका बेला अन्तर्राष्ट्रिय नियमविपरीत निर्मित भारतीय संरचनाले नेपाली भूमिमा निम्त्याएको समस्या’bout गम्भीर रूपले कुरा उठाउन पीडितले माग गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका क्रममा भारतीय समकक्षीसँग गम्भीर छलफल गरी समस्या समाधानको पहल गर्नुपर्ने पीडितको अपेक्षा छ। जुनसुकै दलका नेता सत्ता बाहिर रहँदा भारतीय ज्यादती विरुद्ध बोल्ने गरेपनि सत्तामा गईसकेपछि बोल्न हिचकिचाउने गरेको भन्दै पीडितले यसपटकको भारत भ्रमणमा प्रधानमन्त्री ओलीले यसतर्फ विशेष ध्यान दिनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई अवसरको रुपमा लिँदै आफ्ना सवालहरुलाई प्राथमिकताका साथ उठान गर्न तराईका जिल्लाबाट डेलिगेशनका लागि काठमाडौं पुगेका पीडितले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमार्फत प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाउन बाँध सरोकार मञ्च नेपालका अध्यक्ष एवम् राष्ट्रियसभा सदस्य रामलखन हरिजन, गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता, लक्ष्मणपुर बाँधपिडित संघर्ष समिति बाँकेका सचिव राजकुमार शुक्ला, दुधुवा निकुञ्ज वन्यजन्तु पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष केशवप्रसाद तिमिल्सिना, समितिका संयोजक कुबेरनाथ लगायतले ज्ञापन पत्र बुझाएका थिए।

Latest News




© Copyright 2016 FIAN Nepal