समन्वय तथा सहकार्य


फियान  नेपालले  विभिन्न  नागरिक  समाजका  संघसंस्था,  सञ्चार  जगत, खाद्य अधिकारमा लागि परेका अभियन्ताहरुसँग हातेमालो गर्दै समन्वय र  सहकार्य  गर्दै  आएको  छ  । खाद्य अधिकारका सवालहरुलाई सम्बोधन गराउन फियान नेपालले नागरिक समाजको सहकार्यमा सामुहिक दवाब  तथा  वकालत  गर्ने  गर्दछ  ।  खाद्य  अधिकारका  लागि  सामुहिक ऐक्यबद्धताका लागि अधिकारवादी संघसंस्थाहरुको राष्ट्रिय तथा जिल्ला तहमा सञ्जाल निर्माण गरी कार्य गरेको छ । हालसम्म फियान नेपालको सहजीकारणमा  १५  जिल्लामा  खाद्य  अधिकार  सञ्जालको  विस्तार  भई खाद्य अधिकारको क्षेत्रमा सक्रिय रुपमा निरन्तर सवाल उठान, अनुगमन, दवाबमुलक कार्यहरुद्वारा सरकारी निकायलाई उत्तरदायी बनाउने कार्यमा संलग्न छन् ।

फियान नेपालले नागरिक समाजको सहकार्यमा नीतिगत वकालत तथा पैरवीको माध्यमद्वारा खाद्य अधिकारलाई मुलप्रवाहीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । संविधानमा खाद्य अधिकारलाई मौलिक अधिकारको रुपमा व्यवथा हुनु हामी सबैका लागि ठूलो सफलता हो । अब संविधान प्रदत्त अधिकारको उपभोग गर्नको लागि खाद्य अधिकार ऐन  निर्माण  गर्नु  र  अन्य  सम्बन्धित  ऐनहरुको  संशोधन  गर्नु  आवश्यक छ । यसै सिललिामा दिगो विकास लक्ष्य र भोकमरीलाई शुन्यमा झार्ने नेपाल सरकारको कार्ययोजनालाई पनि सार्थकता प्रदान गर्न सरकारी र गैरसरकारी सरोकारवालाहरुका बीच बृहत्त परामर्शको आवश्यकता छ । यसका साथै फियान नेपालले सोनाहा समुदाय र परित्यक्त व्यक्तिहरुका खाद्य अधिकार उल्लंघनका सवालमा न्याय प्राप्तीका लागि कानुनी उपचार जस्तै सर्वोच्च अदालतमा रिट निवेदन मार्फत उनीहरुका अधिकार सुनिश्चित गराउने प्रयास पनि सफल भएको छ ।

फियान  नेपालले  फियान  इन्टरनेशसनलको  सहयोगमा अनतर्राष्ट्रिय तहमा वकालत पैरवीका कार्यहरु पनि गर्दछ । जस्तै संयुक्त राष्ट्रसंघको सत्रहरुमा महिला विरुद्ध हुने सबै खाले भेदभवको उन्मुलन समितिको  महासभामा  प्रतिवेदन  प्रस्तुत  गर्ने,  युनिभर्सल  आवधिक समीक्षमा छायाँ प्रतिवेदन बुझाउने, आर्थिक, सामाजिक तथा सांकृतिक अभिसन्धि  समितिको  महासभामा  प्रतिवेदन  बुझाउने  र  ती  सत्रहरुबाट प्राप्त  सुझावहरु  कार्यान्वयनको  अनुगमन  गर्दैै  नेपाल  सरकारलाई झकझकाइरहने कार्य गर्दछ । यसका अतिरिक्त तत्काल सम्बोधन गर्नुपर्ने सवालहरुमा अन्तराष्ट्रिय जगतको समर्थनमा नेपाल सरकारलाई दवाबमुलक चिठी पठाउने र उक्त सवालहरुप्रति उत्तरदायी बनाउन प्रेरित गर्ने कार्यहरुमा गरिन्छ ।

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal