बिषयगत कार्यक्षेत्र


फियान नेपालले आफ्नो क्रियाकलापहरु निम्न पाँच विषयगत क्षेत्रहरुमा केन्द्रित गरेको छ

१. प्राकृतिक तथा उत्पादनशील स्रोतमा पँहुच र नियन्त्रण
जल, जमीन, जङ्गल, श्रम, सेवा आदि स्रोतहरुमा पँहुच र नियन्त्रण सुनिश्चितताको लागि फियान नेपालले स्पष्ट रुपमा भूमि तथा जलमा हुने जर्बजस्ती हुने कब्जाको विरोध, दिगो कृषि प्रणाली र अधिकारमा आधारित भोगाधिकारमा सहजीकरणको कार्य गर्दछ । जर्बजस्ती गरिने जग्गा कब्जा र विस्थापन, कृषि इन्धन बिस्तार, पारिस्थितिकी प्रणालीको विनाश, प्रदुषण, कृषि सेवा आदिको प्रभावबाट हुने खाद्य अधिकार उल्लंघनका घटनाहरु दस्तावेजीकरण गरी खाद्य तथा कृषि संगठनले अनुमोदन गरेको खाद्य अधिकारको स्वेच्छिक निर्देशिकालाई अनुशरण गर्न गराउन समेत फियान नेपालले योगदान गर्दछ ।

२.सामजिक सुरक्षा तथा पोषण
समूदायले सामना गरिआएका जोखिमहरु सम्बोधन गराउन सहयाता, बिमा, समाजिक न्याय तथा समता प्रदान गराउन सहजीकरण गर्नु नै सामाजिक सुरक्षाको अवधारणाको मुख्य उद्देश्य हो । सामाजिक सुरक्षा तथा पोषण एक आपसमा अन्तर सम्बन्धित छन् र नेपाल जस्तो अल्पविकसित देशमा भोकमरी तथा कुपोषणको मुख्य कारक तत्व गरिबी सँगै जोडिएर आउने सामाजिक असमानता पनि हो । त्यसैले फियान नेपालका गतिविधिहरु प्रत्येक व्यक्ति वा समुदायको जोखिम न्यूनीकरण गर्न आवश्यकता अनुसारको सहायता र बीमा उपलब्ध गराउने कार्यमा सहजीकरण गर्नु रहेको छ जसले सामाजिक समता र सामाजिक न्यायको पहुँचलाई प्रबद्र्धन समेत गर्दछ ।

३. सार्वजनिक नीति तथा उत्तरदयित्व
राज्य, सरकार र मातहतका निकायहरुलाई खाद्य अधिकार हनन्बाट प्रभावित समुदायको ’boutमा सुसुचित गर्दै सहकार्यमा नीति तर्जुमाको लागि सहयोगीको भूमिका निर्वाह गर्नु अत्यन्तै अपरिहार्य छ । राज्यलाई खाद्य अधिकार सम्बन्धी दायित्वहरुको बोध गराउन, जिम्मेवारी बहन गराउन र सोको पालना गराउन स्थानीय तथा राष्ट्रिय तहमा पनि सशक्त अनुगमन पनि गर्दछ ।

४. अन्तरदेशीय राज्यको दायित्व
खाद्य अधिकार तथा मानव अधिकार सम्बन्धी राज्यको दायित्वहरु आफ्नो सीमा भित्र मात्र लागु नभई यो अन्तरदेशीय हुने गर्दछ । खुला सीमाना तथा अर्थव्यवस्थामा अत्यधिक रुपमा एक र अन्य देशसँग अन्तरसम्बन्धित भएको हुँदा कुनै एउटा देशमा गरिएको क्रियाकलापले अर्को देशका व्यक्ति वा समुदायलार्य प्रभाब पर्ने गर्दछ । राज्यको अन्तरदेशीय दायित्वलाई पालना गराउनको लागि फियान नेपालले अन्तर्राष्ट्रिय सरोकारवालहरुसँग समेत सहकार्य गर्दछ ।

५. जलवायु परिवर्तन तथा प्रकोपको सम्बोधन
नेपाल यस्तो देश हो जहाँ प्राकृतिक तथा जलवायु परिवर्तनले प्रत्येक बर्ष प्रकोप निम्त्याइरहन्छ । हालैको भूकम्प र बर्षेनी हुने बाढी पहिरो आदि विपदहरुले समुदायहरु खाद्य अधिकार हनन्को जोखिममा सधैं पर्ने गरेको देखिन्छ । यस्तै प्रकोपबाट प्रभावित समुदायहरुको सुरक्षाको लागि दस्तावेजीकरण, अनुगमन तथा सशक्त वकालत र पैरवी गर्दछ ।

लैंगिक समानता र सामाजिक समावेशीता
खाद्य अधिकारको हनन् आर्थिक कारणले मात्र नभई लैंगिक, जातीय, सामाजिक आदि क्षेत्रहरुमा हुने भेदभावका अन्य कारणहरुले पनि हुन्छन् । विभेदयुक्त सामाजिक संरचनाका कारण महिला तथा सीमान्तकृत समुदायहरुको स्रोतमा पुहँच र नियन्त्रण, निर्णायक तहमा सहभागिताबाट बञ्चितीकरण र श्रमिकहरुको जोखिमयुक्त वातावरणका कारण उनीहरुको खाद्य अधिकार सुनिश्चित हुन सकिरहेको छैन । फियान नेपालले यस्ता सबै खाले भेदभावहरुको विरोध गर्दछ । त्यसैले लैंगिक समानता र सामाजिक समावेशी माथिका पाँचैवटा विषयगत क्षेत्रहरुमा समावेश गरी विशेष ध्यान दिइन्छ ।

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal