| 15-01-2018

फियान नेपालको दशौं बार्षिक साधारण सभा सम्पन्न


३० पौष २०७४

फियान नेपालले आफ्नो स्थापनाकालदेखि नै सीमान्तकृत तथा जोखिममा रहेका समुदायहरुको पर्याप्त खाद्य अधिकारको सुनिश्चितताको लागि वकालत तथा पैरवी गर्दै आइरहेको विदितै छ । नेपालको संविधानले पनि खाद्य अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरि सकेको अवस्था छ । साथै त्यस्ता समुदायहरुको खाद्य अधिकार सुनिश्चितताको लागि उपयुक्त पहल प्रयासहरु पनि हुँदै आएको छ । यी उपलब्धीहरु फियान नेपालको १० बर्षको अविरल यात्रामा अनुभव गरिएका सफलताहरु हुन् ।

फियान नेपाल अझै पनि खाद्य संप्रभुता सहितको भोकमुक्त नेपालको परिकल्पना सहित दुर दराजमा बसोबास गर्ने र खाद्य अधिकार हनन्‌बाट जोखिममा रहेका समुदाहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा क्रियाशिल छ । यही यात्राको क्रममा फियान नेपालले आफ्नो १० बर्ष अवधिमा पाइला टेकेको छ । यही सन्दर्भमा मिति २९ पौष २०७४ का दिन आफ्नो दशौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य गोविन्द शर्मा पौडेल प्रमुख अतिथि रहनु भएको उद्घाटन सत्रमा नागरिक समाजका अगुवा, अभियन्ताहरुले आ-आफ्नो धारणा व्यक्त गर्दै फियान नेपाललाई आफ्नो कार्यमा सफलताको शुभकामना पनि दिनु भएको थियो । यस साधारण सभाले फेरि एक पटक श्री अम्मर बहादुर ऐरको अध्यक्षतामा नयाँ कार्यसमितिको छनौट गरेको छ ।

नयाँ कार्यसमितिको ’boutमा जानकारी लिन यहाँ क्लिक गर्नुहोस

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal