दुई शब्द


आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अभिसन्धि १९६६ लगायत संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएका मानव अधिकार सम्बन्धि बिभिन्न दस्तावेजहरुको नेपाल पक्षराष्ट्र हो । आम नागरिकहरुको जीविकोपार्जन, पेशा, ब्यवसाय तथा रोजगारसंग प्रत्यक्ष रुपमा गांसिएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारलाई मानव अधिकारको रुपमा आत्मसात् गरिए पनि नेपालमा यसको प्रभावकारी प्रत्याभूति हुन सकिरहेको छैन ।

अझै पनि नेपालमा भोकमरी, गरिवी, विपन्नता, कुपोषण, व्याप्त छ । अधिकांश  समुदायहरु अझैपनि खाद्य अधिकारवाट बञ्चित भई जोखिमपूर्ण जीवन बाँच्न बाध्य छन् । फियान नेपालले जोखिममा रहेका समुदायको खाद्य अधिकार सुनिश्चतताका लागि स्थापना कालदेखि विभिन्न गतिविधि गर्दै आएको छ । भोकमुक्त नेपालको परिकल्पना गरी खाद्य अधिकारको दृष्टिले जोखिममा रहेका क्षेत्र तथा समुदायहरु पहिचान गरी सवाल सम्बोधनका लागि विभिन्न संघसंस्था, व्यक्ति तथा नागरिक अभियन्ताहरुको साथ सहयोग र सहकार्यमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छु । विषेश गरी गरिवी, भोकमरी र कुपोषणले प्रताडित नेपालको सुदुरपश्चिम, मध्यपश्चिम र नेपाल–भारतको सीमा क्षेत्रका समुदायको सवाल सम्बोधनकालागि संस्था कृयाशिल छ । साथै खाद्य अधिकारसंग सम्बन्धित नीतिगत पैरवीकालागि सरकारी तथा गैर–सरकारी निकायहरुसंगको सहकार्यमा प्रभावकारी गतिविधि गर्दै आएको छ ।

खाद्य अधिकार तथा भोकमुक्त नेपालको अभियानमा समन्वय, सहकार्य गर्ने तथा संस्थालाई सहयोग गर्ने सम्पूर्ण व्यक्ति, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक समाज र फियान इन्टरनेशनललाई हार्दिक धन्यवाद दिन चाहन्छु । संस्थालाई आजको अवस्थासम्म पु¥याउन संस्थाका अग्रज, कार्यसमिति, सदस्य, कर्मचारी, शुभचिन्तक तथा दातृ निकायकाहरुको पनि महत्वपूर्ण योगदान रहेको छ । ती सम्पूर्ण योगदानहरुको उच्च मुल्याङ्कन गर्दै कृतज्ञता सहित हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

अन्तमा, प्रत्येक नेपालीको खाद्य अधिकार प्रत्याभुत गर्ने गराउने कार्यमा आगामी दिनहरुमा पनि यहाँहरुको साथ, सहयोग र सहकार्यको अपेक्षा सहित पुनः फियान नेपालसंग हातेमालो गर्ने संपूर्णलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

अमर बहादुर ऐर

अध्यक्ष

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal