| 07-08-2018

विकासको नाममा विनाश

यातायात, संचार, शिक्षा, स्वास्थ्य, विद्युत जस्ता आधारभुत पुर्वाधारहरुको विकासले हाम्रो समाजलाई समुन्नतीको दिशा दिने कुरामा कसैको दुइमत छैन । यस्ता पुर्वाधारको विकासको लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय र स्थानिय स्तरबाट गरेको भगिरथ प्रयासको सराहना सबै पक्षबाट भएको छ र हुनु पर्छ ।

पुर्वाधारको विकास विना देशको समग्र विकास सम्भव नहुने भएका कारण नेपाल सरकार, दातृनिकाय तथा जनस्तरबाट वर्षेनी ठुलो रकम पुर्वाधार निर्माण कार्यमा खर्च हुने गरेको छ । यस्ता विकास निर्माण कार्य गर्दा विभिन्न खालका जोखिमहरु पनि उत्पन्न हुने गरेका छन । यस्ता जोखिम कम गर्नको लागि नेपाल सरकारले कुनकाम गर्दा के कस्ता प्रक्रिया अपनाउने भनेर विभिन्न खालका निति नियम, निर्देशिका र प्रक्रियाहरुको व्यवस्था गरेको छ । यि नियमहरुको पुर्ण पालना गर्दै दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा देश अघि बढीरहेको छ ।

यद्यपी बझाङ जिल्लामा यातायात संजालको विकास गर्ने क्रममा नेपाल सरकारले तय गरेका निति नियमको ख्याल नगरी काम भैरहेका कारण ठुलो वातावरणिय विनास भैरहेको कुरा जग जाहेर छ । यसै अवस्थालाई मध्यनजर गर्दै फियान नेपालले जिल्लामा अव्यवस्थित डोजर संचालनका कारण के कस्तो असर परेको छ भन्ने कुराको ’boutमा नमुना स्थलगत अध्ययन गर्ने काम भएको थियो । यो प्रतिवेदनमा सडक निमार्णका क्रममा खाद्य अधिकारमा परेको असरको ’boutमा समेटिएको छ ।

फियान नेपाल र जिल्ला खाद्यअधिकार संजालका प्रतिनिधी समेतको टोलीले बझाङ जिल्लाको सुर्मा, खप्तड छान्ना, थलारा र छविस पाथिभेरा गाउँपालिकाको सडक प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । नमुना क्षेत्रको रुपमा थलारा गाउँपालिकाको वडा नं ५ र ९, खप्तड छान्ना गाउँपालिकाको वडा नं ६ र ७, सुर्मा गाउँपालिकाको वडा नं १ र ५ र छविस पाथिभेरा गाउँपालिकाको वडा नं १ मा स्थलगत अध्ययन गरिएको थियो ।

यस अध्ययनका क्रममा अव्यवस्थित तरिकाले निमार्ण गरिएका सडकका कारण सबै भन्दा बढी क्षति स्थानियको खेती योग्य जमिनमा भएको पाइएको छ । खेतीयोग्य मलिला फाँटहरुमा डोजर संचालन गरेका कारण कटानीमा परेको, सडकबाट बगाएका ढुङ्गा, माटो र बालुवा र बालुवाका कारण खेत पुरिएको र सडक कटान पछि सुरु भएको पहिरो खस्ता खेती योग्य जमिनमा क्षती पुगेको पाइयो । यस्तै यि गाउँहरुमा सडक विस्तारका क्रममा निजी आवासमा पनि क्षति पुगेको र कतिपय घरहरु जोखिममा परेका छन । यस वाहेक अव्यवस्थित सडक निमार्णका कारणले गर्दा वन क्षेत्रको व्यापक विनास भएको, सिंचाई कुलो, खानेपानी लगायतका संरचनामा असर परेको छ । यस्तै खानेपानीका मुहानहरु सुक्ने र सर्ने समस्याले गर्दा यहाँका मानिसहरुलाई थप समस्या भएको छ। वन विनास भएका कारण चरन क्षेत्रको अभाव हुदै गएको छ । भने पहिरोका कारण बाटाघाटा समेत बन्द हुने अवस्था भएको छ ।

फियानले यस अध्ययन पश्चात अध्ययनको निचोड जिल्ला स्तरीय सरकारी तथा गैरसरकारी सरोकारवाला निकायहरुसँग छलफल गर्दा यस विषय सबैको बहसको विषय बन्न पुगेको छ जसको कारण राष्ट्रिय स्तरको पत्रकिकाहरुले यसै अध्ययनलाई आधार बनाई विस्तृत अनुसन्धान पनि शुरु गरेको छ । Center for Investigative Journalism, कान्तिपुर, नेपाल टाइम्सनयाँ पेज जस्ता सञ्चार क्षेत्रले यस विषयलाई बारम्बार छापा तथा अनलाईनमा प्रकाशित गरि सरोकारवाला नीति निर्माताहरुको ध्यानाकर्षण गराउन सफल भएका छन् ।

यही विषयलाई विस्तृत अध्ययन गर्नको लागि फियान नेपालसँगको सहकार्यमा United Mission to Nepal ले पनि इच्छा व्यक्त गरेको छ ।

Latest News




© Copyright 2016 FIAN Nepal